युनाइटेड क्लबको साताव्यापी कार्यक्रम: समाग्री वितरणदेखि रक्तदानसम्म
पाेखरा | चैत ३०, २०८०
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल यूनाइटेड क्लब पोखराले१४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ ।
२०६७ बैशाख ७ गते स्थापना भएको सो क्लबले १४ औँ वार्षिकोत्सवको अवसर पारी यही बैशाख १ गतेदेखि ७ गतेसम्म साताब्यापी कार्यक्रमको घोषणा गरेको महासचिव दिनेश सुनारले जानकारी दिए ।
उनका अनुसार पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले नयाँ वर्षको दिन (१ गते) मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रमको आयोजना गर्नेछ ।
यस्तै २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद समाग्री वितरण गर्नै कार्यक्रम छ ।

वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक समाग्री वितरण कार्यक्रम छ ।
त्यसैगरी ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन वितरण, ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, ६ गते पोखरा १५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना हुनेछ ।
क्लबले वार्षिकोत्सवको अवसरमा हरेक वर्षको वैशाख १ गतेदेखि ७ गतेसम्म साताव्यापी कार्यक्रम गर्दै आइरहेको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

